लम्कीचुहा उद्योग वाणिज्य संघको निर्वाचनमा दुई प्यानल भिड्दैँ

लम्कीचुहा उद्योग वाणिज्य संघको निर्वाचनमा दुई प्यानल भिड्दैँ

धनगढीः लम्कीचुहा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको लागि जेठ ६ गने निर्वाचन हुँदै छ। संघ नर्या कार्यसमितिको निर्वाचनका लागि दुई प्यानल बनेका छन्।

सुशीला शाही नेतृत्वमा र चुडामणि भण्डारी नेतृत्वमा दुई प्यानल बनेका छन्। निर्वाचनमा उनीहरुबीच प्रस्तिप्रधा हुने छ।

शाही नेतृत्वको प्यानललाई नेपाली काँग्रेसको साथ रहेको छ। यता भण्डारी नेतृत्वको प्यानलाई भने नेकपा एमाले, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले समर्थ रहने  जनाइएको छ। 

यी हुन शाही प्यानलका उम्मेदवार
शाहीको प्यानलमा वरिष्ठ उपाध्यक्ष उद्योगतर्फ खडानन्द सापकोटा, उपाध्यक्ष वाणिज्यमा पदमराज जैशी, उपाध्यक्ष वस्तुगतमा सञ्जय बुढा, महासचिवमा लवबहादुर शाही, कोषाध्यक्षमा अमित भण्डारी र सचिवमा टंकप्रसाद जोशी उम्मेदवार रहेका छन्। 
त्यस्तै सदस्यमा गणेशराज ओली, ताराप्रसाद तिमिल्सैना र लोकबहादुर देउवा रहेका छन्।

यी हुन भण्डारी प्यानलका उम्मेदवार
भण्डारी नेतृत्वको प्यानलको वरिष्ठ उपाध्यक्ष उद्योगतर्फ डिल्लीप्रसाद गडतोला, वाणिज्यतर्फ जनकबहादुर शाही वस्तुगततर्फ मनिष न्यौपाने, महासचिवमा जनक सिंह, कोषाध्यक्षमा जयराम चौधरी र सचिवमा पुष्प ढकाल उम्मेदवार रहेका छन्। 
सदस्यमा लोगबहादुर बिष्ट, तप्त ढकाल, नेत्र थापा र प्रेमभक्त रेग्मी उम्मेदार छन्।