लकडाउनमा बोलन्या थलिले पुर्याउछ ‘दैलोमै- दवाई’

लकडाउनमा बोलन्या थलिले पुर्याउछ ‘दैलोमै- दवाई’

धनगढी। विभिन्न सामाजिक सेवा गर्दै आइरहेको बोलन्या थलीले ‘दैलोमै दवाई’ सेवा सुरु गरेको छ । लक डाउनका बेला अत्यावसकिय औषधीहरुको समस्या झेल्दै आएका बिरामीहरूलाई घरमै पुगेर सो सेवा सुरु गरेको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए ।

उनका अनुसार  लाइफ सेभिङ्ग औषधी सुगर , प्रेसर , किड्नी आदिको निःशुल्क तपाईँको घरमै पुर्‍याउने काम गरिरहेको बताए । यदि कसलाई अप्ठेरो परेका ९८५८४८०६५४ मा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसद,काङ्ग्रेस सभापति शेर बहादुर देउवासँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ ।

यस्तै पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र सङ्कलन कार्य र गन्तव्य स्थान पुग्न नसकेका व्यक्तिका लागि धनगढीमा आश्रय अड्डा समेत सञ्चालन गरेको छ ।यस्तै लकडाउनलाई मध्यनजर गर्दै विपन्न परिवारलाई खाद्यान्न समेत वितरण गरिसकेको छ ।