कञ्चनपुरमा फेरी तीन बर्षिय बालिका बलात्कृत

कञ्चनपुरमा फेरी तीन बर्षिय बालिका बलात्कृत

गोकुल जोशी/महेन्द्रनगर : निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाले शन्त्रासमा रहेको कञ्चनपुरमा फेरी तीन बर्षिय बालिका बलात्कारको शिकार बनेकी छन ।

आइतवार साँझ ७ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ की तीन बर्षिय एक बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उहाँलाई सोही स्थानका १४ बर्षिय युवकले बलात्कार गरेको कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बतानुभयो ।

ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ ।