साँझ परेपछि मानिसहरु बजारमा निस्किने क्रम बढेपछि आजबाट कैलालीमा लकडाउनमा थप कडाई

साँझ परेपछि मानिसहरु बजारमा निस्किने क्रम बढेपछि आजबाट कैलालीमा लकडाउनमा थप कडाई

धनगढी : कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनले आजदेखि लकडाउनमा थप कडाई गर्ने भएको छ । मोटरसाईकल चलाउनमा रोक लगाएको स्थानीय प्रशासनले लक डाउन शुरु भएयता झण्डै ८ सय मोटरसाईकल नियन्त्रणमा लिईसकेको छ ।

गाडीका पासहरु खारेज गरिसकेको प्रशासनले स्थानीय सरकार र व्यवसायीहरुसंगको छलफलपछि आजदेखि पसलहरु समेत बन्द गर्ने तयारी गरेको छ । धनगढी उपमहानगरपालिकाको अगुवाईमा धनगढीमा रहेका पसलहरु पूर्ण रुपमा बन्द गर्दै अत्यावश्यकीय सामानहरु घुम्ती पसल मार्फत घरघरमा पु¥याउने तयारी भईरहेको छ ।

सामान खरीदका लागि साँझ बजारमा मान्छेहरु निस्किनेक्रम बढेकोले पसलहरु पूर्ण रुपमा बन्द गर्ने तयारीमा पुगेको धनगढीका मेयर नृप बहादुर वडले बताए ।