धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सहयोग

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सहयोग

धनगढी : उपमहानगरपालिका वडा नम्बर ३ मा नेपाली कागे्रस समर्थक व्यक्तिहरुले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडेका छन ।

लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि पार्टीका ४४ जना व्यक्तिहरुले गरेको ९७ हजार ९ सय १५ रुपैया सहयोग बराबरको वडा नम्बर ३ मा खाद्यान्न सहयोग गरेको राज बहादुर ऐरले जानकारी दिए ।

उनले वडा नम्बर ३ भित्र रहेका १५० विपन्न घरपरिवारलाई १५ केजी चामल, एक पोका बेसार, एक पोका मसाला, एक पोका तेल र दुई पिस हातधुने साबुन वितरण गरेको जानकारी दिए । बिहिबार करिब १ सय ५० विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको उनले बताए ।

उनले विपन्न परिवारलाई १५ किलो चामल सहित अन्य खाद्यान्न सामाग्री घरमै गएर वितरण गरिएको बताए । चुनावको बेला टिसर्ट बाड्ने तर विपतको बेला कसैले सहयोग नगर्ने गुनासो सुनेपछि आफुहरुले सहयोग गरेको २०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्षबाट चुनाव लडेका ऐरले बताए ।

साथै देश लकडाउन भएका बेला सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा उनले जोड दिए ।