बाबा फाउण्डेशन द्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

बाबा फाउण्डेशन  द्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

कञ्चनपुर : बाबा फाउण्डेशन तथा नेपाल स्वयम् सेवी रक्तदाता समाजले पुनर्वास नगरपालिका २ अमरैया स्थित श्री ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग हस्तान्तरण गरेको छ।

आज एक कार्यक्रमको आयोजना गरी नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य  तीर्थराज अवस्थीले विद्यालयका प्रधानाध्यापक,जनप्रतिनिधी,अभिभावक तथा विभिन्न सञ्चार माध्यममा अबद्ध पत्रकारहरूको रहोबरमा सहयोग हस्तान्तरण गरेका हुन।

पुनर्वास नगरपालिका वार्ड नं २ अमरैया स्थायी घर भएका उहाँ २०७१ सालमा  पुर्व मेची देखि पश्ञिम महाकाली सम्म साईल यात्रा गरिसकेका व्यक्ति हुन ।

आफु सानै उमेर देखि सोहि गाउँमा जन्मे हुर्केको र त्यहिँको साधारण विद्यालयमा लेखपढ गर्न सिकेकाले सो विद्यालयका साना नानी बाबुहरूलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको उहाँले बताउनुभयो ।

यस वर्ष सानो सहयोग मात्र हस्तान्तरण गरको र आउँदो वर्ष दुई थान कम्प्युटर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि ४ सम्मका छात्रछात्राहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो।

विद्यालयका दूईसय छात्रछात्रालाई कपी, पेन्सील,कटर र ईरेजर गरि हजारौको शैक्षिक सामग्री वितरण गरिएको नेपाल स्वयम् सेवी रक्तदाता समाजका सदस्य भरत साही बताउनु भयो।