गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुलमा ताला

गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुलमा ताला

लकडाउनको समयमा पनि मानिसको आवतजावत नरोकिएपछि गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुलमा ताला लगाइएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–८ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ जोड्ने पुलमा मंगलबार ताला लगाइएको हो ।‘ससुराली, आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थाल्यो, बाइकहरु बढी आउजाउ गर्न थाले’ भीमसेन थापा–८ का वडाध्यक्ष बासु थापाले भने, ‘त्यसलाई नियन्त्रण गर्न खोजेका हौं ।’

उनका अनुसार पुलको वारी र पारी साङ्ला बाँधेर ताला लगाइएको छ । स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग समन्वय गरी ताला लगाउने निर्णय गरिएको उनले बताए ।