नेपालमा रहेका चिनियाँ लिन आज एयर चाइनाको जहाज आउँदै

नेपालमा रहेका चिनियाँ लिन आज एयर चाइनाको जहाज आउँदै

नेपालमा रहेका चिनियाँ नागरिकलाई लिन आज (बुधबार) एयर चाइनाको जहाज काठमाडौं आउँदै छ ।नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार आज दिउँसो नेपालमा रहेका चिनियाँ नागरिकलाई लिएर जाने गरी एयर चाइना जहाज आउन लागेको हो ।

बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ । सरकारले १५ अप्रिलसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् ।