अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो

अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो

संयुक्तराज्य अमेरिकामा कोभिड१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

कोभिड१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामारहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा अर्जुनकुमार कार्कीले बताए ।

राजदूत कार्कीले अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गरेको र नेपाली समुदायलाई सचेत र सुरक्षितभई बस्न आग्रह गरेको उल्लेख छ ।

राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकोअपिलमा जनाइएको छ ।अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा नेपाली रहेको बताइन्छ ।