लकडाउनका कारण भारतमा मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

लकडाउनका कारण भारतमा मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको छ । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ  । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको ठगुन्ना झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताउनुभयो । 

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायव उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

नेपाल भारत दुबैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् । मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, “हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदै छौं, नेपाल(भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनुपर्‍यो । भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ ।