धनगढी : लकडाउनको उलंघन प्रवृति बढ्दै गएपछि सुरक्षाकर्मीले मंगलबार धनगढीमा ५१ वटा मोटरसाईकल नियन्त्रणमा लिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीले परिचय पत्र नबोकेर हिड्ने पत्रकार, स्वस्थ्यकर्मी, सादा पोषाकमा हिड्ने प्रहरीलाई समेत सवारी साधन नियन्त्रणमा लिइएको बताए ।