कञ्चनपुर : कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई महेन्द्रनगरस्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखिएको छ ।
स्थानीय प्रशासनले महाकाली नगरपालिका नजिकै पर्ने गडिगोठ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक अलपत्र परेका ६८ जनालाई बैजनाथ नमूना उच्च माविमा क्वारेन्टाइनमा राखेको हो ।
“राति नेपाल छिर्न खोजेछन् । हामीले पक्राउ गरेर बैजनाथ स्कूलमा क्वारेन्टाइनमा राखेका छौं,” कञ्चनपुरका प्रुमख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने ।
सशस्त्र प्रहरीले गृह मन्त्रालयको आदेश भन्दै नेपाल प्रवेश गर्न नदिएपछि महाकाली नगरपालिका नजिकै ५० जना र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक १८ जना अलपत्र परेका थिए ।
उनीहरु सोमबार बेलुकी भारतका विभिन्न सहरबाट पैदल हिँडेर सीमा क्षेत्रमा पुगेका थिए ।