धनगढीका कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

धनगढीका कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

धनगढी : सेती प्रादेशीक अस्पतालका तीन जना स्वास्थ्यकर्मीको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ। कोरोना भाइरस संक्रमण आशंकित बिरामीको स्वाब संकलन गर्ने र उपचारमा संलग्न ती स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको हो। 

मंगलबार तीनै जनाको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशीक अस्पतालका डाक्टर जगदिश जोशीले बताए। सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमित एक जनाको उपचार भइरहेको छ।