अछाममा जीप दुर्घटना हुदाँ ७ जना घाईते

अछाममा   जीप दुर्घटना हुदाँ ७ जना घाईते

अछाम :   अछामको बान्नीगढि जयगड ६ दर्नाको माझेठाना मा जीप दुर्घटना हुदाँ ७ जना घाईते भएका छन ।

रामारोशनको मुजाबगरबाट जयगढ तर्फ आउदै गरेको से १ च २०८६ बोलेरो जीप दर्ना माझेठानमा दुर्घटना भएको हो ।

उकाले बाटोमा माथि चढ्न नसकेपछि चिप्लिएर जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनमा घाईते भएकाको बयालपाटा अस्पतालमा उपचार भइरहेको जयगढ प्रहरी चौकिका ईन्चार्ज राजेन्द्र महताले बताउनु भएको छ ।