अमेरिकामा एकैदिन ७१९ को मृत्यु, थप साढे २३ हजार बढी संक्रमित

अमेरिकामा एकैदिन ७१९ को मृत्यु, थप साढे २३ हजार बढी संक्रमित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा निकै तीव्र रुपमा देखिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुक हुँदै अमेरिमा तीव्र रुपमा देखिएको छ ।

यूरोपियन मुलुकहरुमा पनि कोरोना संक्रमणको दर भने अपेक्षानुरुप रोकिएको छैन । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ७ सय १९ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६० पुगेको छ ।

त्यस्तै एकै दिन २३ हजार ५ सय ५२ जना नयाँ संक्रमित देखिएका छन् । योसँगै अमेरिकामा १ लाख ८७ हजार ३ सय ४० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ६ हजार ४ सय ६१ जना उपचारपछि निको भएका छन् । ३ हजार ९ सय ८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने एक लाख ७७ हजार १९ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।