इटालीमा कोरोनाको उग्ररुप : थप ८ सय ३७ को मृत्यु

इटालीमा कोरोनाको  उग्ररुप  : थप ८ सय ३७ को मृत्यु

इटालीमा थप ८ सय ३७ जनाको मृत्यु भएको छ। सोमबार इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ सय ३७ जनाको मृत्यु छ।  

यो अवधिमा ४ हजार भन्दा धेरै नयाँ संक्रमित पनि थपिएका छन्। यससँगै इटालीमा भाइरसका समग्र संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि १२ हजार ४ सय २८ पुगेको छ। इटालीले कोरोना भाइरस (कोभिड -१९) नियन्त्रणका लागि मुलुकभर लगाइएको लडडाउनको समयावधि लम्ब्याउने तयारी गरेको छ।

महामारी अझै नियन्त्रणमा आउने संकेत नदेखिएसँगै इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले आफ्ना नागरिकलाई लामो समयको ‘लकडाउन’को लागि तयारी रहन अनुरोध गरेका हुन्। डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना संक्रमण सुरुमा देशभित्र मात्र थियो।

त्यसपछि इटलीमा महामारीको रुप लियो। उत्तरपूर्वी क्षेत्रमा संक्रमण फैलिएपछि सुरुमा त्यहाँ मात्र लकडाउन गरेको इटलीले मार्च १० बाट पुरै देशलाई लकडाउन ग¥यो। तर महामरी नियन्त्रणमा आएन। लगातार नयाँ संक्रमित थपिएका छन्, मृतकको संख्या बढिरहेको छ। अहिलेसम्म इटालीमा कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ।