कैलाली लकडाउनमा थप कडाइ : प्रमुख जिल्ला अधिकारी स्वयं सडकमा

कैलाली लकडाउनमा थप कडाइ : प्रमुख जिल्ला अधिकारी स्वयं सडकमा

कैलालीमा लकडाउनमा थप कडाई गरीएको छ। साझँको समयमा सर्वसाधारहरु बाहिर निस्कन थालेपछि प्रमुख जिल्ला अधिकारी यज्ञरा बोहरा आफै सडकमा निस्कीएर लकडाउनमा थप कडाईको आदेश दिएका हुन्।

प्रजिअ बोहरासंगैसहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सशस्त्र प्रहरी ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनाले धनगढीमा सवारी साधनमाथि थप कडाई गरेका छन्। सवारी चालकहरुलाई रोकेर प्रजिअ बोहराले सवारी साधन नचलाउन र लकडाउनको पालना गरेर घरभित्रै बस्न सुझाव दिए।

उनले कोरोना रोकथामका लागि सम्पूर्ण कैलालीवासीलाई घरभित्रै बस्न र साँझपख पनि घर बाहिर ननिस्किन आग्रह गरे। यसै बिच साँझ सशस्त्र प्रहरी र प्रहरीले ६४ वटा मोटरसाईकलमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। भोलि देखि लकडाउन उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने प्रजिअ बोहराले बताए।

उनले दिनभरी कोठाभित्र बसेर साँझ सडकमा निस्किने हो भने लक डाउनको अर्थ नरहने बताए। यसै बिच जिल्ला प्रशासनले दिएका सम्पूर्ण पासहरु समेत आजदेखि खोसेको छ। बन्द रहेका अस्पताल र औषधी पसललाई समेत सवारी साधनमा रोक लगाएको छ। अत्यावश्यकीयक काम बाहेक अन्य कुनै प्रयोजनमा बाहिर निस्किएको पाईए सर्वसाधारणलाई समेत प्रहरीले भोलिदेखि नियन्त्रणमा लिने जनाएको छ।