क्रिकेट प्रतियोगीताका लागी डिसिएका खेलाडी मुम्बई प्रस्थान

क्रिकेट प्रतियोगीताका लागी डिसिएका खेलाडी मुम्बई प्रस्थान

धनगढी ।  धनगढी क्रिकेट एकेडेमी(डिसिए)को टोली १० दिने खेल भम्रणका लागि आज मुम्बई प्रस्थान गरेको छ । 

टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग ७ वटा एकदिवसीय खेलहरु खेल्ने डिसिएले जनाएको छ । टोलीलाई आज धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर वडले विदाई गर्नुभएको हो ।  

कार्यक्रममा शुभकामना मन्तव्य दिदैँ मेयर वडले खेलले कुनैपनि क्षेत्रलाई चिनाउँन तथा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेलको विकासका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । 

यस्तै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले खेलाडीहरुलाई प्रशिक्षणसँगै एक्सोजरको पनि आवश्यकता पर्ने भएकाले मुम्बई टूरले राष्ट्रका लागि प्रतिभावान खेलाडीहरु उत्पादनमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।  
‘यसअघि हामीले गरेको मुम्बई टूरका खेलाडीहरुले राष्ट्रिय टूरमा स्थान बनाइसकेका छन्,’ शाहीले भन्नुभयो, ‘यस टूरले पनि राष्ट्रिय टोलीका लागि नयाँ खेलाडी दिनेमा विश्वस्त छौं।’


टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विक लगायतका खेलाडी छन् । यस्तै प्रशिक्षकमा दीपेन्द्र चौधरी छन् भने व्यवस्थापकमा भरत जोशी रहेका छन् ।