जिल्ला अस्पताल बाजुरामा आईसोलेसन वार्डमा एक जनालाई भर्ना

जिल्ला अस्पताल बाजुरामा आईसोलेसन वार्डमा एक जनालाई भर्ना

      जिल्ला अस्पताल बाजुराको आईसोलेसन वार्डमा एक जनालाई भर्ना गरिएका छन । एक जनालाइ कोरोना भाइरस (कोभिड १९) को संकाष्पद  देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाः रुपचन्द्र विश्वकर्मालेबताएका छन् ।डाक्टरका अनुसार भर्ना गरिएका किशाेरको अबस्था सामान्य रहेको छ ।  उनको भोलि नमुना संकलन गर्ने तयारी भैरहेको छ । सामान्य लक्षण मिल्ने र १ सय डिग्री भन्दा माथि तापक्रम पनि देखिएकोले भर्ना गरिएको अस्पतालले बताएको छ । 

कुनै प्रकारको अन्य संक्रमण थाहा भएको  नभएकोले यो नै हो भनेर परिक्षणपछि मात्र जानकारी हुने जिल्ला अस्पताल बाजुराले जनाएकाे छ ।