कोरोना परीक्षण प्रयोगशालाका उपकरण ल्याएर सेनाको हेलिकोप्टर धनगढी पुग्यो

कोरोना परीक्षण प्रयोगशालाका उपकरण ल्याएर सेनाको हेलिकोप्टर धनगढी पुग्यो

धनगढी : कोरोना भाईरसको नमूना परिक्षणका लागि चीनबाट खरिद गरी ल्याईएको प्रयोगशालाका समाग्री सुदूरपश्चिम पुगेको छ । प्रयोगशालाका उपकरण सामाग्री र पाँचजना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले सेनाको हेलीकोप्टर मार्फत धनगढी पठाएको हो ।

संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो । सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका लागि उपकरण धनगढी पुगेको र भोलीबाटै परिक्षण सुरु हुने सम्भावना रहेको विज्ञ टोलीले जनाएको छ ।

उक्त उपकरणबाट कोरोना भाइरसको परिक्षण दुई, तीन घण्टा भित्रै हुने बताईएको छ ।मलिक्युलर डायग्नोसिस बिज्ञ सुनिल प्रशाद लेखक र धनगढीमा रहेका प्राबिधिकको समेत सहयोगमा परिक्षण हुनेछ। 

यो मसिन चिनिया सरकारबाट पास भई संसारका बिभिन्न देशमा प्रयोग भईसकेको र नेपालमा बिज्ञबाट पनि validated, हेण्डल गर्न सजिलो प्रबिधि पनि भएकोले नेपालका प्राबिधिकले पनि प्रयोग गर्न सक्ने छन ।