धनगढीका कोरोना भाइरस संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य

धनगढीका कोरोना भाइरस संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य

धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित युवाको स्वास्थ्य अवस्था समान्य रहेको छ । अस्पतालमा कोरोना भइरस आशंकामा उपचार गरिएको बारे जानकारी सूचना सर्वजनिक गदै सेती प्रादेशिक अस्पतालले आईसोलेशन वार्डमा भर्ना भई कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय ती युवकको अवस्था समान्य रहेको बताएको हो ।

सार्वजनिक गरिएको जानकारी पत्रअनुसार अहिलेसम्म अस्पतालको आइसोलेशन वार्डमा २३ जना भर्नामध्ये १९ जनाको रिर्पोट निगेटिभ देखिएपछि घर फिर्ता पठाइएको र तीन जनाको रिपोर्ट आउनु बाँकी रहेको बताएको छ ।

त्यसैगरी ३ जना स्वास्थ्यकर्मी गरि २६ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा १ जनाको मात्रै कोरोना पोजेटिभ देखिएको बताउदै ६ जनाको रिपोर्ट आउन बाकी रहेको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय द्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।