मुख्यमन्त्री भट्टले भिडियो कन्फ्रेन्स बाट भने, "संक्रमण न्यूनीकरण गर्न सवै लागौँ"

मुख्यमन्त्री भट्टले भिडियो कन्फ्रेन्स बाट भने, "संक्रमण न्यूनीकरण गर्न सवै लागौँ"

धनगढी । कोरोना भाइरसको सामना र नियन्त्रणमा भएका प्रयास र आगामी रणनीति बारेमा सुदूरपश्चिम प्रदेश सरकारले सरोकारवालाहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ ।

आज भएको उक्त कन्फरेन्समा ९ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, अस्पतालका मेडिकल सुपरिडेन्ट र प्रमुख जिल्ला अधिकारीहरुको सहभागीता रहेको थियो ।

कोरोनाको नियन्त्रण र भईरहेका प्रयासका वारेमा भिडियो कन्फ्रेन्समा छलफल भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कन्फ्रेन्सबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले महाविपतिको घडीमा संक्रमणलाई न्यूनीकरण गर्ने प्रयासमा सवै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले संक्रमणबाट बच्न र बचाउन सरकारले गरेकानिर्णयहरु कार्यान्वयनमा जोड दिदै आम नागरिकलाई संक्रमणबारे सचेतना जगाउन र क्वारेन्टाईनको भरपुर व्यवस्थापन गर्न सुझाब दिनु भएको थियो ।

त्यस्तै सीमाक्षेत्रमा अलपत्रपरेका नेपालीको अवस्थावारे पनि छलफल भएको थियो कार्यक्रमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामाग्री, विभिन्नखालका औषधि र खाद्यान्नको अभाव हुन थालेको बताउनु भएको छ ।

छलफलमा प्रदेशसरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी पनि सहभागी थिए ।