धनगढी : बोलन्या थलीले विपन्न घरपरिवारलाई घरदैलो गरेर खाद्यान्न सहयोग गरेको छ । कोरोना जोखिमबाट बच्न सरकारले देशभरी लकडाउन लगाए पछि दैनिक गाँस टार्न समस्यामा परेको धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर ६ धनचौरी सुकुम्बासी शिविरका २३ घरपरिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको हो ।
बोलन्या थलीले सन्चालन गरेको आश्रय (अड्डाबाट दाना पानी अभियानको चौथो दिन मङ्गलबार धनचौरी सुकुम्बासी शिविरमा रहेका २३ घरपरिवारलाई नुन, तेल, दाल , चाउचाउ, मसला सामाग्री बितरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए ।
उक्त दाना पानी अभियानलाई दीपेन्द्र शाह , पंकज शर्मा , बिक्रम बोहरा, उत्तम ओझा, मनोज कुमार चन्द, र गड्शेरा डोटी निवासी एक युवा(नाम खुलाउन नचाहने) ले सहयोग गरेको संयोजक जोशीले बताए ।