सामुदायिक बनद्धारा उपभोक्ताहरु लाई मास्क र साबुन वितरण

सामुदायिक बनद्धारा उपभोक्ताहरु लाई मास्क र साबुन वितरण

कञ्चनपुर :  कञ्चनपुरको विशाल सामुदायिक बनले उपभोक्ताहरु लाई मास्क र साबुन वितरण गरेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसलाई रोकथाम गर्नका लागी कृष्णपुर नगरपालिकामा रहेको विशाल सामुदायिक बनले मास्क र साबुन वितरण गरेको सामुदायिक बनका अध्यक्ष बिक्रम थापाले बताए ।

कृष्णपुर नगरपालिकामा वैदेशिक रोजगारी गरेर नेपाल आएकाहरूको तंथ्याङक सङ्कलन गर्दा वडा नं. १ मा सबै भन्दा बढी ३ सय २८ जना वैदेशिक रोजगारीबाट आएका हुन् ।

जसले गर्दा सामुदायिक बनका उपभोक्ताहरु उच्च जोखिममा रहेकाले मास्क र साबुन वितरण गरेको अध्यक्ष थापाले जनाएका छन् ।