बाख्रा चराउन गएकी ७ वर्षीया बालिका बलात्कृत

बाख्रा चराउन गएकी ७ वर्षीया बालिका बलात्कृत

अछाम : अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ ।

दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको भए पनि परिचय खुलाएको छैन ।

पीडितको परिचय खुल्न सक्ने भएकाले उनको परिचय नखुलाइएको हो ।गत ३ असोजमा गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए ।

तर, जब उनले कात्तिकमा २ पुनः जंगलमा गाई, बाख्रा चराउन गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरे तब उनको कर्तुत सार्वजनिक भयो ।बालिका भागेर घरमा पुगेपछि घटना सार्वजनिक भएको थियो ।

लगत्तै, अछाम प्रहरीले थालेको अनुसन्धानको क्रममा अर्को घटना पनि जोडिएको थियो ।पीडितका बुवाले प्रहरीमा दिएको उजुरी अनुसार आफ्नो छोरीलाई ती युवकले घडी दिइ फकाएर बलात्कार गरेको जनाइएको छ ।

कसैलाई भनेमा मारिदिने धम्की दिएको करणी भएको देखिएको छ।

घटनामा संलग्न युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो ।