"ए कोरोना दया माया देखाउन"

"ए कोरोना दया माया देखाउन"

कसले सोचेको थियो र खै कुन्नि !

तिमी यसरि आउछौ र विश्व हल्लाउछौ भन्ने कुरा

इतिहास केलाएर हेर्दै थिए,

विश्वलाई कसैले हल्लाउन नसकेको

तिमी आयौ २/४ महिनामै विश्व हल्लायौ ।

 

विश्वका कुना काप्चा सम्म कोहि पुगे पुगेनन थाहा छैन ?

तिमी आयौ २/४ महिनामै संसार घुम्यौ ।

यति सम्म शक्ति शाली रहेछौं कसैले सोचेको नै थिएन ।

तिमी त सोच्दै छौ होला म कति भाग्यमानी है !

 

यति सम्म निर्दही रहेछौं तिमी बल्ल थाहा भयो ।

संसार यसरी रोहिरहेको बेलामा

अलिकति त दया माया देखाउन ए कोरोना तिमी ।

विकसित देश त रणभुमी बन्दै छन भने

सोच विकान्सोमुलक देशको हालत कस्तो होला ?

अलि कति त दया माया देखाउन ए कोरोना तिमी ।

 

तिमी कति सम्म शक्ति शाली छौ

भन्ने कुरा सबैले बुझी सके

कसैको सामु नझुक्नेहरु आज

तिम्रो शरणमा छन ।

मानव सभ्यतालाई जीउँदै राख्नु पर्छ भन्ने लाग्छ भने

संसारले तिमिलाइ चिनी सक्यो ।

अबत संसारबाट बिदा मागेर जाउन ए कोरोना तिमी ।

अलि कति दया माया पनि त राखन ए कोरोना तिमी ।  

                                                                    लेखक : आभास उपाध्याय