स्वास्थ्य सामग्री पुर्‍याउन धनगढी आउदै गरेको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फिर्ता

स्वास्थ्य सामग्री पुर्‍याउन धनगढी आउदै गरेको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फिर्ता

सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्री बोकेर सुदूरपश्चिम प्रदेश गएको नेपाली सेनाको स्काइ ट्रक बीच बाटो बाटै फर्किएको छ ।

सरकारले चीनबाट ल्याएका व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, मास्क, सेनिटाइजर लगायतका सामग्री बोकेर सेनाको ट्रक सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुदूरपश्चिमका लागि उडेको थियो ।

तर, विमानमा लोड गरिएका सामानबाट एक प्रकारको गन्ध ९राग० आएको र उक्त रागका कारण चालक दलका सदस्यहरुले अप्ठेरो महसुस गरेपछि सेनाको स्काई ट्रक सामान नपुर्‍याइ बीच बाटोबाटै काठमाडौं फर्किएको हो ।

नेपाली सेनाका एक उच्च अधिकारीले सुदूरपश्चिममा सामान पुर्‍याउन गएको स्काइ ट्रक फिर्ता भएको पुष्टि गरेका छन् । यद्यपि यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले घटनाबारे विस्तृत रुपमा बुझे पछि मात्रै आफूले त्यसबारे प्रतिक्रिया दिन मिल्ने बताएका छन् ।