धनगढीका कोरोना संक्रमित युवकको स्वास्थ्य लाभको प्राथना गर्दै धनगढीमा दिपप्रज्वलन

धनगढीका कोरोना संक्रमित युवकको स्वास्थ्य लाभको प्राथना गर्दै धनगढीमा दिपप्रज्वलन

धनगढी : धनगढीमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ३४ बर्षिय युवकको स्वास्थ्यलाभको प्राथना गर्दै दिपप्रज्वलन गरेका छ्न । बोलन्या थलीले युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका कोरोना संक्रमित ३४ बर्षिय युवकको स्वास्थ्यलाभको प्राथना गर्दै मोतिचोकमा दिपप्रज्वलन गरेका हुन।

कोरोना पीडितलाई कुनै पनि मात्रामा हार नमान्न र बिरामीको मनोबल बढाउन दिप प्रज्वलन गएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए । ८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। बोलन्या थली सुदुरपश्चिम प्रदेशमा नागरिक अभियानको रुपमा रचनात्मक आन्दोलन गर्दै आईरहेको गैर नाफामुलक संस्था हो ।