एएफसी १९ वर्षमुनिको महिला च्याम्पियनसिप छनौटमा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेल्ने भएको छ ।
आउँदो बुधबारदेखि थाइल्याण्डको चोनबुरीमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग बुधबार खेल्नेछ ।
त्यसपछि आउँदो शुक्रबार भारतसँग खेल्ने नेपाली टिमले ११ गते आइतबार पाकिस्तानसँग खेल्ने तय भएको छ । तर समय पनि थाहा हुन सकेको छैन ।
६ वटा समूह रहेको प्रतियोगिताको समुह बी मा नेपालसहित थाइल्याण्ड, भारत, पाकिस्तान र सिंगापुर रहेका छन् ।
समूह ए : अस्ट्रलिया, हङकङ, अफगानिस्तान, लेबनान, मंगोलिया
समूह बी : थाइल्याण्ड, भारत, पाकिस्तान, नेपाल
समूह सी : उज्बेकिस्तान, किर्गिस्तान, यूएई गुआम, माल्दिभ्स
समूह डी : कोरिया गणतन्त्र, चाइनिज ताइपेयी, ताजिकिस्तान, बंगलादेश
समूह ई : भियतनाम, जोर्डर्न, उत्तरी मारिना आइसल्याण्ड, मलेसिया
समूह एफ : म्यानमार, इरान, प्यालेस्टाइन, लाओस साभार उज्यालाे अनलाइन