कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा, नाम राखिन् कोरोना र भाइरस

कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा, नाम राखिन् कोरोना र भाइरस

चीनबाट महामारीको रुपमा फैलदै गएको कोरोनाभाइरसका कारण अहिले विश्व नै आतंकित बनेको छ । कोरोनाका कारण हालसम्म हजारौ मानिसको मृत्यु भइसकेको छ । भने लाखौं मानिसहरु कोरोना संक्रमित भएका छन् । कोरोनाका कारण सबै मानिसहरु डरले घरबाट बाहिर निस्कन पनि छाडेका छन् ।

यस्तै मेक्सिकोमा पनि हालसम्म ८ सय भन्दा बडी कोरोना संक्रमित भेटिएका छन् । यसैक्रममा हालै मेक्सिकोमा एक अनौठो घटना भएको छ । मेक्सिकोकी एक कोरोना संक्रमित महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । 

मेक्सिकोकी ३४ वर्षकी अन्नामारिया जोसे राफेलले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । एक छोरा र एक छोरीको जन्म दिएकी राफेल कोरोना संक्रमित थिइन् । उनले मेक्सिकोको जनरल ला भिला अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । 

अस्पतालमा जुम्ल्याहा बच्चाको जन्म भएपछि चिकित्सकले कोरोना र भाइरस नाम राख्नु पर्ने राफेललाई बताए । उनले चिकित्सकले भने अनुसार नै दुबैको नाम कोरोना र भाइरस राखिदिइन् ।