घोडाघोडी नगरपालिका ६ बछुरीयामा अपरिचित व्यक्तिलाई गाउँमा प्रवेश रोक

घोडाघोडी नगरपालिका ६ बछुरीयामा अपरिचित व्यक्तिलाई गाउँमा प्रवेश रोक

सुखड ; कैलालीको घोडाघोडी नगरपालिका ६ बछुरीयामा अपरिचित व्यक्तिलाई गाउँमा प्रवेश रोक लगाइएको छ । बिश्व माहामारीका रुपमा कोरोना भाइरस ९कोभिड १९० उच्च जोखिम बढेपछि गाउँको विभिन्न टोलमा अपरिचित व्यक्तिलाई गाउँमा प्रवेश रोक लगाइएको बताइएको छ । कोरोना भाईरस बाट आफू पनि बच्न र अरुलाई पनि बचाउनको लागि प्रवेश रोक लगाउनु परेको स्थानिय युवाहरुले बताएका छन् । अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । टोलका बुद्धिजीवी र युवा वर्गको अगुवाईमा आफुहरुले अपरिचित व्यक्तिलाई प्रवेश रोक लगाइएको स्थानिय दिपेश बोहराले जानकारी दिएका छन् । यो समय कोरोना संक्रमणको समय भएकोले आफ्नै घरमा बस्न युवाहरुले आग्रह गरेका छन् ।