भगवानलाई पनि कोरोनाको खतरा ! भक्तले लगाइदिए शिवलिंगमा मास्क

भगवानलाई पनि कोरोनाको खतरा ! भक्तले लगाइदिए शिवलिंगमा मास्क

कोरोना भाइरसका कारण इटाली, चीन सहित कैयौं मुलुकमा महामारी फैलिरहेको बेला मानिसहरु यसबाट बच्न अनेकौं उपाय अपनाइरहेका छन् ।

जसमध्ये मास्कको प्रयोग एक मानिन्छ । मास्कको प्रयोग मानिस वा जनावरसम्मले लगाएको देख्नु भएको होला । तर भारतमा भने भगवानलाई समेत मास्क लगाइएको छ ।

भारतको बनासरमा भगवानलाई पनि कोरोनाको डरका कारण केहि धार्मीक जागरुक मानिसले भगवानको मुर्ति तथा शिवलिंगमा मास्क लगाइदिएका छन् ।

बनारसको प्रह्लाद घाटमा रहेको प्रह्लादेश्वर मन्दिको शिवलिंगमा मास्क लगाइदिएको हो । मास्क मात्र होइन, मन्दिरको बाहिर समेत पोस्टर लगाएर मानिसलाई कोरोना भाइरसका बारेमा सचेत गरीएको छ ।

सचेत गराइएको सुचनामा मन्दिरमा आउने भक्तलाई मूर्ति नछुन र परैबाट पुजा गर्न अनुरोध गरीएको छ ।