कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 2,099
निको भएको 266
मृत्यु 8

बिश्व भरि

पुष्टि भएको 6,378,237
निको भएको 2,729,527
मृत्यु 380,249

कोरोना भाइरसको कारण विश्वभर चुलियो कन्डम अभाव

एजेन्सी    

कोरोना भाइरसको कारण विश्वभर चुलियो कन्डम अभाव

विश्वको सबैभन्दा ठूलो कन्डम निर्माताले विश्वभर कन्डमको अभाव चुलिएको बताएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण मलेसियाले गरेको लकडाउनको निर्णयले कारेक्स बीएचडीको उत्पादनमा असर परेको हो ।

मलेसियाको कारेक्स बीएचडीले विश्वको समग्र उत्पादनमध्ये पाँच भागको एक भाग कन्डम उत्पादन गर्ने गरेको छ । यो कम्पनीको तीनवटा कारखाना एक साताभन्दा लामो समयदेखि लकडाउनका कारण बन्द छन् ।

सामान्य रुपमा बजारमा बिक्री हुने गरेको भन्दा १० करोड कन्डमको कमी भइसकेको छ । कम्पनीले शुक्रबारबाट उत्पादन पुनः सञ्चालन गर्ने अनुमति पाएको छ । तर, उसले केवल ५० प्रतिशत जनशक्तिको मात्र प्रयोग गर्न पाउनेछ । कम्पनीले विशेष छुटमार्फत् यो अनुमति पाएको हो ।

कम्पनीका सीईओ गोह मियाह कियाटले आधा क्षमताबाट अहिलेको माग पूरा गर्न निकै कठिन हुने बताए । उनले विश्वभर देखिएको कन्डम अभावको कारण अफ्रिकाका धेरै मानवीय सहायताका कार्यक्रममा असर पर्नसक्ने चिन्ता व्यक्त गरे । साथै उनले यो अभाव एक/दुई साता मात्र नभई केही महिनासम्म नै चल्न सक्ने बताए ।

कन्डम उत्पादन हुने अर्को प्रमुख मुलुक चीन हो । चीनमा पनि कोरोना भाइरसको धेरै कारखाना बन्द छन् । त्यस्तै भारत र थाइल्याण्डमा पनि कारखानाहरु खुल्न सकेका छैनन् ।



शनिबार १५, चैत २०७६ ०७:५० मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस