कंचनपुरमा खाना पकाउने ग्यास लिक भइ आगो लाग्दा दुई जना घाइते

कंचनपुरमा खाना पकाउने ग्यास लिक भइ आगो लाग्दा दुई जना घाइते

कंचनपुर :  शुक्रबार कंचनपुरको वेदकोट नगरपालिका ३ मा खाना पकाउने ग्यास सिलिण्डरको ग्यास लिक भइ आगो लाग्दा  २ जना घाईते भएका  छन । बेदकोट नगरपालिकाको सेफ हाउसमा कार्यरत अहेव धर्मराज वडुको घरमा नया ग्यास लिएर जोडिरहेको अव्स्थामा  ग्यास लिक भइ आगो बल्दा दुइजना घाइते भएका हुन ।

 नया सिलिण्डर जोडने क्रममा ग्यास नबले पछी पाईपमा जमेको पानी सफा गरेर गयास बाल्न खोज्दा आगलागि भएको बताईएको छ । रेगुलेटर जोडेर ग्यास बाल्ने क्रममा आगो लागेको जनाइएको छ । उक्त ग्यासको  आगोमा परि घाइते हुनेमा  घरधनी धर्मराज वडु र  वेदकोट नगरपालिका १ का मान बहादुर वोहरा रहेका छ्न । घाइतेहरुको  शरीरको विभिन्न भागहरु जलेका  छन । घाइते धर्म राज वडुको महकाली उप प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने  घाइते मान बहादुर वोहराको अवस्था गम्भीर भएकोले उनलाइ महाकाली उप प्रादेशिक अस्पताल महेन्द्रनगर बाट धनगढी सेती प्रादेशिक अस्पताल रिफर गरिएको महाकाली उप प्रादेशिक   अस्पतालले जनाएको छ  ।