सुदूरपश्चिममा नयाँ भ्रम-कोइलाको टीका लगाए कोरोनाले नछुने भन्दै आँगन खन्दै

सुदूरपश्चिममा नयाँ भ्रम-कोइलाको टीका लगाए कोरोनाले नछुने भन्दै आँगन खन्दै

धनगढी : जसैगरी कोराना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेको छ, उसैगरी योसँग जोडिएका अफवाह र भ्रम पनि फैलिरेहका छन् । सुदूरपश्चिमको कैलाली सहित अन्य जिल्लामा बिहीबारदेखि एउटा नयाँ भ्रम फैलिएको छ । मानिसहरू धमाधम आफ्नो आँगन खन्न थालेका छन् ।

आँगन खन्दा भेटिने कोइलाको कालो टीका लगाए कोरोना भाइरसले छुँदैन भन्ने अन्धविश्वासका कारण मानिसहरूले आँगन खनेका हुन् । तर यस्ता हल्लाका पछाडी नलाग्न जिल्ला प्रशासनले सबैलाई आग्रह गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि कोइलाको हल्ला पछाडि नलाग्न जिल्लावासीलाई आग्रह गर्नु भएको छ ।

घरका आफन्त आफन्तहरूबाट नै हल्ला फैलिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष बस्नेतले बताउनुभयो । हिजो रातिदेखि सुरू भएको रहेछ आज बिहान पनि कतिपयले खनिरहेको देखियो । भ्रम पहिले कसले सुरू गरेको हो भन्ने कसैलाई थाहा नभए पनि हल्लै हल्लामा सबैले आँगन खनेर कोइला खोज्न थालेको उहाँले बताउनुभयो ।

यस्तो भ्रमका पछाडी नलाग्न उहाँले सबैलाई अनुरोध गर्नु भएको छ । साथै त्यस्तो हल्ला फैलाउने लाई कार्वाहिने गरिने र त्यो व्यक्तिको खोजी सुरु भईसकेको उहाँले बताउनुभयो ।