प्रधानमन्त्री ‌ओली अस्पताल भर्ना

प्रधानमन्त्री ‌ओली अस्पताल भर्ना

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ‌ओली अस्पताल भर्ना भएका छन्। श्वास प्रस्वासमा कठिनाइ भएपछि बिहीबार राति महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस प्रतिनिधि रामशरण बजगाईँले जानकारी दिए।

उनका अनुसार मुटुमा केही समस्या देखिएर श्वास प्रस्वास गर्न कठिनाइ भएपछि बिहीबार राति नै अस्पताल लगिएको थियो।

प्रधानमन्त्री ‌ओलीले केहीअघि शिक्षण अस्पतालमै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए। नेपाल न्युजमा समाचार छ ।