आपत विपतमा बहुत याद आउदो रहेछ गाउँको !

आपत विपतमा बहुत याद आउदो रहेछ गाउँको !

एउटा झोलामा दुई जोड कपडा अनि करोडौं बराबरका सपना बोकेर सहर छिरेका बिद्यार्थिहरु हुन या आफ्नो पेशा नै अङ्गालेर बसेका व्यवसायी ,कर्मचारी र हजारौ ,लाखौं सपनाहरू साकार पार्न विदेशिएका युवाहरूलाई नै किन नहुन अहिले सबै गाउँ फर्किएका छन् !

-- गाउँ फर्किनुको एउटै कारण हो नोबेल कोरोना भाइरस ,जो चिनको बुहान सहरबाट उत्तपत्ती भएको हो । जसलाई COVID 19 अथवा CO -corona ,VI - virus ,D- disease ,19 - 2019 हो ।यहि कोरोना भाइरसले गर्दा अहिले विश्व त्रसित छ ,चीन ,इटाली ,भारत,USA ,स्पेन लगाएतका सयौ देशहरू यो भाइरस बाट त्रसित सङ्गै संक्रमण हुने र ज्यान गुमाउनेहरु पनि हजारौं छन् ,विश्व त्रसित भैरहेका बेला नेपाल पनि जटिल अवस्थामा नै छ !!

--यहि कोरोना बाट ज्यानको जोखिम सम्झेर सहरमा घर बनाउने सपना बोकेर साउदी गएको तल्ला घरे दाइ घर फर्किएका छन् ,मलेसिया गएका पल्ला घरे काका घर फर्किएका छन् ,म सङ्गै अध्ययन गरेका लाखौं का सपनाहरू बोकेर भारत छिरेका साथीहरू पनि गाउँ फर्किएका छन् ,गाउँ सबै फर्किएका छन् तर म फर्किन पाएको छैन ,आमाले बिहानै फोन गर्नुहुन्छ :- बाबू उठि सकिस ,सन्चै त छस नि ,घर किन नआएको!आमालाई जवाफ दिन्छु ,आमा म सुरक्षित छु ,र नागरिकलाई सुरक्षित राख्न लागिरहेको छु !

मानवले मानवलाइ सहयोग गर्ने भनेको आपत विपत मै त हो आमा ! यत्तिकैमा फोन काटिन्छ ,सायद नेटवर्क ले काम गरेन होला ! उफ्फ -- अस्ति मात्र सहर देखि गाउँ पुगेको साथिले फोन गरेर भन्छ ,रोहित गाउँमा त मज्जा छ यार सबै जना युवा साथीहरू तल्लो घरे काका र काकी पनि मुम्बई बाट पुगिसके !नयाँ घरे साइलो दाइ र भाउजू पनि आइसके गाउमा रमाइलो छ यार !गाउँ न हो जहाँ नेटवर्कले काम नगर्दा कुरा रोकियो !

त्यसपछि एकान्तमा सोच्छु ,गाउँमा बस्ने ती बुढा ,बाजे ,बज्यै ,अनि युवा अवस्था कटेका बाबा ,आमा हरु अहिले कति खुशी होलान् ,सधैं यसरी सङ्गै हुन पाए कति खुशी हुदा हुन ! -- कोरोनाले सबैको भेट गराएको छ ,र एउटा प्रमाण पनि जुटाएको छ ,आखिर आपत ,बिपतमा गाउँ नै चाहिदो रहेछ ,गाउको त्यो कलकल बग्ने धाराको पानी ,स्वच्छ हावा ,अनि ढकमक फुलेका फुलहरु ,चराचुरुङ्गीको त्यस्तै मीठो धुनहरु,कतिबेला सम्झिदा लाग्छ आखिर सपना बोक्नेहरु किन सहर पस्दा हुन ।

त्यो एकान्तमा किन सपना साकार गर्न सक्दैनन् होला ,त्यसपछि देशको वास्तविक परिभाषा अध्ययन गर्छु ,गाउका सपना साकार गर्न पुर्वाधार पो पुर्याउन बाकी रहेछ !कति बेला यस्तो पनि सोच्ने गर्छु ,अब प्रत्येक गाउलाइ राजधानी नै बनाइदिनुपर्छ ,जहाँ काठमाडौ गएर पुरा गरिने सपना गाउमै गर्न सकियोस् ,सपना भनेको सपना नै त हो आखिर ,साकार गर्न सत्ता र शक्ति निर्माण गर्नुपर्दो रहेछ !

बस् ! अब यत्ती भन्छु ,मेरो जस्तै सपना देशको नेतृत्व गर्नेले देखुन र साकार पनि गरिदिउन ,एउटा कोरोना भाइरसले गाउँ फर्किएका लाखौं नेपाली बाबा ,आमा ,र दाजु भाइहरु अब कहिल्यै गाउँ छोड्नुपर्ने अवस्था नआओस,गाउवासी सबैले गाउमै केहि उद्यम गर्ने वातावरण मिलाइयोस ,र सबैले गाउलाइ नै राजधानी र सेवा सुबिधा युक्त बनाउन लागुन ,युवाहरुले बुढेसकालमा बाबा ,आमा सङ्गै हुन पाउन,सबै जना परिवार सङ्गै खुशी भएर बाच्न पाउन ,यहि कामना सहित सबैले आ - आफ्नो ठाउँबाट सके जति सहयोग ,परामर्श ,दिऔ !