अवैध रुपमा सेनीटाईजर बिक्रि गर्ने धनगढीको एक मेडिकल हललाई २० हजार जरिवाना

अवैध रुपमा सेनीटाईजर बिक्रि गर्ने धनगढीको एक मेडिकल हललाई २० हजार जरिवाना

धनगढी : धनगढीको शैलेश्वरी आयुर्वेदिक मेडिकल हललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको छ । अवैध रुपमा सेनीटाईजर बिक्रि गर्ने धनगढीको शैलेश्वरी आयुर्वेदिक मेडिकल हललाई २० हजार जरिवाना गरिएको छ। 

शैलेश्वरी आयुर्वेदिक मेडिकलले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ख बमोजिम कसुर गरेको पाइएको हो । मेडिकल हलले ७ दिनभित्र तोकिएको जरिवाना रकम पेस गर्न अनुरोध गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुन मगरले बताए ।

यदि सोही अवधिमा जरिवाना बुझाउन अटेर गरे आवश्यक कारबाही हुने उनले बताए ।