अमेरिकी डलरको भाउ ५१ पैसाले घट्यो

अमेरिकी डलरको भाउ ५१ पैसाले घट्यो

आज अमेरिकी डलरको भाउ ५१ पैसाले घटेको छ । आज १ अमेरिकी डलरको बिक्रीदर १ सय २१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

मंगलबार १ डलरको बिक्रीदर अहिलेसम्मकै महँगो १ सय २२ रुपैयाँ ३४ पैसा थियो ।

आज १ अमेरिकी डलरको खरिददर हिजोकोभन्दा ५१ पैसाले घटेर १ सय २१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।