"ग्यासको विवरण दैनिक रूपमा प्रशासनमा बुझाउनुस"

"ग्यासको विवरण दैनिक रूपमा प्रशासनमा बुझाउनुस"

काठमाडाै । नेपाल आयल निगमले ग्यास विक्री तथा भण्डारको विवरण दैनिक रूपमा जिल्ला प्रशासन गर निगममा पठाउनुपर्ने भएको छ।

निगमले सबै उद्योगीलाई ग्यासको भण्डारण तथा बिक्रीको विवरणहरू दैनिक रूपमा नै प्रशासन तथा विभागमा पठाउन निर्देशन दिएको हो। अघिल्लो दिन बिक्री भएको लगायतका विवरण भोलिपल्ट १० बजेभित्र प्रशासनमा पठाउन निमगले व्यापारीहरूलाई निर्देशन दिएको हो। 

नोबल कोरना भाइरसको संक्रमण फेलन नदिन सरकारले लगाएको लकडाउनका बेला उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यले विवरण माग गरिएको निगमले जानकारी दिएको छ। 

निगमले जारी गरेको सूचना
हाल विश्वभर फैलिदै गइरहेको नोबल कोरना भाइसर COVID-19 को सक्रमणको कारण नेपाल पनि उच्च जाखिममा रहेकोले जोखिम तथा संक्रमणबाट बच्नका लागि नेपाल सरकारले मानिसहरुको आवत जावत तथा भिडभाडमा रोक लगाउन राज्यभर गरेको लक डाउनको परिस्थितिमा दैनिक उपभोग्य बस्तु पेट्रोलियम पदार्थ विशेषत ग्याँसको उपभोग तथा विक्री वितरणमा नेपाल आयल निगमले निम्न बमोजिमको नीतिहरु अख्तियार गरेको व्यहोरा सम्पूर्ण सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ।

१. ग्यास उद्योगीहरुले आफुसंग भएको ग्याँसको शुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा स्ट्णण्डवाई वसेको बुलेटको परिमाण, गोदाममा भरिराखिएको  सिलिण्डरको परिमाण र अघिल्लो दिन विक्री वितरण गरिएको परिमाण सहितको क्लोजिड़ स्टक देखिने फेरिस्त विवरण विहान १०.०० बजे भित्र जिल्ला प्रशासन कार्यालय तथा निगमको एलपिजी विभागमा पठाउन पर्नेछ।

 

२) ग्यास उद्योगहरुले डिलर मार्फत ग्याँस विक्री वितरण गर्ने कार्य अर्को सूचना नआए सम्म लागि देहाय बमोजिमको प्रकृया तोकिएको छ।
क) ग्यास उद्योगहरुले विक्रेताहरुकोमा पठाउने ग्यास सिलिण्डरको परिमाण, विक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बर लगायतका विवरण खुल्ने गरि देहाय बमोजिम तोकिएको निकायको पूर्व स्विकृत लिएर मात्र विक्री वितरण गर्नु पर्नेछ।

१) काठमाण्डौ उपत्यकाको लागि निगम केन्द्रिय कार्यालय,
२) निगमको स्थानीय कार्यालय भएको जिल्लामा स्थानिय कार्यालय र
३) निगमको कार्यालय नरहेको जिल्लामा, जिल्ला प्रशासन कार्यालय

ख) डिलरले विक्रेताहरुलाई ग्यास विक्री गर्दा मासिक रुपमा “एक परिवार एक सिलिण्डर” को प्रक्रिया अपनाई विक्री वितरण गर्नु पर्नेछ। विक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नं. र फोन नम्बर प्रष्ट खुलेको रेकर्ड राख्नु पर्नेछ । उक्त रेकर्ड जिल्ला प्रशासन वा निगमले अनुगमनको जुनसुकै बेला माग गर्न सक्नेछ।

ग) ग्यास उद्योगले डिलरलाई विक्री गरिको सिलिण्डरको परिमाण र डिलरले उपभोक्तालाई विक्री गरेको परिमाण नियमित रुपमा परिक्षण गर्नु पर्नेछ।

३) बर्तमान अवस्थामा ग्याँस उद्योगहरुको भण्डारण अत्याधिक न्यून रहेको हुनाले ग्यास उद्योगको भण्डारण गृहलाई नेपाल आयल निगमले नेपाल सरकारको आकस्मिक परिस्थिति जन्य मागलाई धान्नको लागि भण्डारण गृहको रुपमा प्रयोग गर्नेछ । यस्तो भण्डारण गृहमा गरिने मौज्दात सम्बन्धित उद्योगको भण्डारण क्षमताको करिब ५० प्रतिशत सम्म हुने र एक महिना भित्र उक्त कार्य पुरा गर्ने व्यवस्था मिलाइने छ।

वर्तमान विषम परिस्थितिमा अत्यावश्यक सेवाको सूनिश्चतताको लागि प्रत्येक ग्यास उद्योगले आफनो उद्योगको २ दिनको सिलिण्डर विक्री बराबरको परिमाण तयारी अवस्थामा राख्न पर्नेछ । यसरी तयारी अवस्थामा राखिएको सिलिण्डरको विक्री वितरण उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशन बमोजिम गर्नु पर्नेछ। ग्यास उद्योगले आफ्नो  बिक्रेताहरुकामा रहेका सब खाली सिलिण्डरलाई यथाशिघ्र उद्योगमा केन्द्रिकत गर्नपर्नेछ । वर्तमान विषम परिस्थितमा केन्द्रीकृतका लागि निगमले सहजीकरण गर्नेछ।