धनगढी : सुदूरपश्चिम प्रदेशका तीन अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई) वितरण गरिएको छ।सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका संक्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपिई वितरण गरेको हो।
प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोसाक अथात् पिपिई उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई ३०, कञ्चनपुरको महाकाली अस्पताललाई १२ र कैलालीको टीकापुर अस्पताललाई ४ थान पीपीई उपलब्ध गराइएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए।