सुदूरपश्चिमका मन्त्रीहरुको एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा जम्मा गरिने

सुदूरपश्चिमका मन्त्रीहरुको एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा जम्मा गरिने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस रोकथामका लागि ११ करोड ५० लाख बजेट छुट्याएको छ । मंगलबार आकस्मिक बसेको सुदुरपश्चिम प्रदेश सरकारको  मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रीपरिषद् बैठकले कोरोनाको रोकथाम तथा व्यवस्थापनका लागि ११ करोड ५० लाख बजेट छुट्याईएको जानकारी दिनुभयो । यस्तै स्थानिय तहलाई ३ करोड ससर्त अनुदान रकम दिइने समेत निर्णय भएको हो ।

यसैगरी भारतबाट नेपाल आउदै गरेका नेपालीहरुलाई सिमा नाकाबाटै आफ्नो गन्तव्य सम्ममा पुगाउन आबस्यक ब्यबस्था गरिने भएको छ । साथै प्रदेश सरकारका सम्पुर्ण मन्त्रीहरुको १ महिना को पारिश्रमिक प्रदेश राहत कोषमा जम्मा गरिने समेत निर्णय भएको बताईएको छ ।