तपाईले प्रयोग गरेको मास्क कति सुरक्षित छ ? जान्नुहोस् कसरी लगाउने

तपाईले प्रयोग गरेको मास्क कति सुरक्षित छ ? जान्नुहोस् कसरी लगाउने

कोरोना भाइरस संक्रमणवाट विश्वका १८६ देशमा फैलिएको छ । यहि संक्रमणकाको कारण १४ हजार ७ सय ४९ जनाको मृत्यु भएको छ ।

नेपालमा पनि एकजना नागरिक कोरोना संक्रमित भएको पुष्टि भएपछि विषेश सावधानी अपनाउन पर्ने भएको छ ।

कोरोना भाइरसवाट सुरक्षित हुनका लागि होम क्वारेन्टाइनमै बस्ने सल्लाह स्वास्थ्यकर्मीले दिएका छन् । नेपाल सरकारले केही जिल्लामा त कफ्र्यु आदेश समेत जारी गरेको छ ।

सावधानीका लागि भनिएको छ सरसफाइमा ध्यान दिनु, एक अर्काको सम्पर्कमा नबस्नु, माक्स लगाउनु आदि । हामीले प्रयोग गर्ने मास्कले वास्तवमै कोरोना संक्रमणबाट जोगाउछ त ? माक्सका विषयमा विभिन्न प्रतिक्रिया आइरहेको छ । मास्कको प्रयोग लगभग अनिवार्य जस्तै भएको छ । हरेक व्यक्तिले मास्क लगाएर हिँडने गरेका छन् ।

बेलायत, अमरिका, सिंगापुरलगायतका मुलुकमा संक्रमित नभएकालाई मास्क प्रयोग नगर्न भनिएको छ । उक्त सुझाब विश्व स्वास्थ्य संगठनको आधारमा जारी गरिएको थियो ।

चीन, हाङकङ, ताइवान, दक्षिण कोरिया जापानमा मास्क लगाउनु सामाजिक संस्कार बनेको छ । जो मास्कका प्रयोग गर्छन् उनीहरुको भनाई छ मास्क लगाउनु जरुरी छ ।

मास्क लगाउनु ठिक कि बेठिक आफैंमा विवादित विषय बनेको छ । चीन र दक्षिण कोरियामा मास्क प्रयोग नगर्नेलाई गलत ब्यक्तिको रुपमा हेर्ने संस्कार पनि छ । कतिपय कार्यालयमा मास्क नलगाउनेलाई प्रवेश निषेध गरिने गरिएको छ । तर, उनीहरु विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुपको मास्क मात्रै प्रयोग गर्छन् ।

यदि तपाइलाई रुघा वा खोकी लागेको छ भने मास्क प्रयोग गर्नु उपुक्त हुन्छ । तपाईमा भएको संक्रमण अन्यमा नसर्ने सम्भावना हुन्छ । त्यस्तै भिडभाडमा जानु भयो भने पनि मास्क प्रयोग गर्दा अन्यमा भएको संक्रमण नसर्ने सम्भावना हुन्छ । त्यसका लागि विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुपको मास्क हुन जरुरी छ ।

कतिपयले सोच्ने गर्छन्, मास्क लगाउने बित्तिकै सुरक्षित होइन्छ । तर, होइन मास्क लगाउदा हात पनि सफा हुन जरुरी छ । फोहोर हातले मास्क लगाउदा हातमा भएको किटाणु मुखमा सर्ने सम्भावना प्रवल हुन्छ । यदि मास्क प्रयोग गर्नु हुन्छ भने समय समयमा साबुन पानीले हात धुनै पर्छ र सेनेटराइज प्रयोग गर्नुपर्छ ।

कसरि लगाउने मास्क

सबै भन्दा पहिला माक्स छुनु अगाडी सावुन पानीले हात धोएर, सेनेटराइज लगाउनु पर्छ ।

मास्कले नाक र मुख पुरै छोप्नु पर्छ ।

मास्क लगाउदा माक्समा छुनुुहुन्न । माक्स तना मात्रै हातले समाउनुपर्छ ।

मास्क एकदिन भन्दा बढी प्रयोग गर्नु हुन्न । धुन मिल्ने छ भने एकदिन लगाएपछि धोइहाल्नु पर्छ ।

यदि एकदिन लगाएर फाल्ने खालको मास्क छ भने मुखवाट झिक्ने बित्तिकै डष्टबिनमा राख्नुपर्छ त्यो पनि मुख बन्द गर्न मिल्ने डष्टबिनमा ।