गन्ध र स्वाद थाहा नपाउनु काेराेनाकाे पहिलो लक्षण

गन्ध र स्वाद थाहा नपाउनु काेराेनाकाे पहिलो लक्षण

गन्ध र स्वाद थाहा नपाउनु कोरोना भाइरसको संक्रमणको सबैभन्दा सुरुवाती लक्षण भएको पत्ता लाग्ने तथ्य फेला परेको छ । 

इंग्ल्यान्ड र अमेरिकाका वैज्ञानिकहरुले मसलाको सुगन्ध, फूलको बास्ना तथा कुनै पनि खानाको स्वाद थाहा नपाउने भएका तुरुन्त कोरोना परिक्षण गर्न पनि उनीहरुले सुझाव दिएका छन् । 

बेलायती राइनोलोजिकल सोसाइटीले हालै गरेको सोधमा गन्ध सुँघ्न र खानाको स्वाद थाहा नपाउने भएमा  कोरोना भाइरस प्रवेश गर्यो भनेर बुझ्नुपर्ने दावी गरिएको छ ।

‘तपाईलाई यस्तो लक्षण देखिएमा अन्य मानिसबाट अलग भएर क्वारेन्टाइनमा जानुहोस’, राइनोलोजिकल सोसाइटीका डा।क्लेयर हपकिन्सले भनेका छन् । 

वैज्ञानिकका अनुसार दक्षिण कोरियामा गन्ध र स्वादलाई लिएर २ हजार कोरोना भाइरस संक्रमित मानिसमा परीक्षण गरिएको थियो । जसमध्ये ३० प्रतिशतले आफूहरुले गन्ध थाहा नपाएको बताएका छन् । उनीहरुले खाना खाँदा स्वाद पनि नपाएको बताए ।