दार्चुलामा एक युवकद्धारा झुण्डिएर आत्महत्या

दार्चुलामा एक युवकद्धारा झुण्डिएर आत्महत्या

दार्चुला : दार्चुलामा एक जना युवकले झुण्डिएर आत्महत्या गरेका छन् । नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ३६ वर्षीय रमेश सिंह मन्यालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

घर नजिकै रहेको ओखरको रुखमा सोमबार विहान ४ बजेतिर झुण्डिएर आत्महत्या गरेको उहाले बताए । मन्याल छालाको विरामी रहेको समेत बुझिएको छ ।

घटना स्थलमा प्रहरी खटिइ शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।