कपडा पसल चोरीमा संलग्न ६ जना पक्राउ

कपडा पसल चोरीमा संलग्न ६ जना पक्राउ

धनगढी । गएको फागुन १० गते विआर फेन्सी पसलमा चोरी गर्ने व्यक्तीहरुको समुह पक्राउ परेको छ ।

वडा प्रहरी कार्यालय धनगढी कैलालीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टको कमाण्डमा खटिईएको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तीहरुलाई पक्राउ गरेको हो ।

उनिहरु बाट चोरी भएका सर्ट, पाईन्ट, विभिन्न कम्पनीका जुताहरु टाउजर, बेल्ट र चोरीमा प्रयोग भएको से ७ प ६८५६ नम्बरको स्कुटर सहित बरामद गरीएको प्रहरीले जनाएको छ । साथै उनिहरुमाथी थप अनुसन्धान पछी आवश्यक पक्रिया अगाडि बढाउने जनाइएको छ।

उक्त समुहले पसलको लुगा कपडा र नगद गरी अन्दाजी  ८ लाख बराबर चोरी गरेको सञ्चालकले दावी सहित प्रहरीमा उजुरी दिएको थियो ।  

पक्राउ पर्नेमा धनगढीका  बिबेक बोहरा,असिन सिंह,अबिनब खडका,आयुष गौतम,दिपक राज श्रेष्ठ,धर्म राज उप्रेती रहेका छन् । पछिल्लो समय धनगढीमा वडा प्रहरी कार्यालयको सक्रियता बढे संगै चोरी तथा दुव्र्यसनिका घटनामा संलग्नहरु प्रक्राउ परिरहेका छन् ।