गगन थापाको प्रस्ताव– सांसदको एक महिनाको तलब कोरोना कोषमा दिऊँ

गगन थापाको प्रस्ताव– सांसदको एक महिनाको तलब कोरोना कोषमा दिऊँ

नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदहरुको एक महिनाको तलब कोरोना कोषमा राख्न प्रस्ताव गरेका छन्। सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग जुटाउन उनले यस्तो आग्रह गरेका हुन्।

सोमबार ट्वीट गर्दै उनले भनेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं। जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’

नागरिकलाई पनि सरकारले आश्वस्त तुल्याउनुपर्ने थापाको भनाइ छ। ‘सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न दिने छैन भनेर आश्वस्त पारोस्,’ उनले लेखेका छन्।