सुदूरपश्चिमको राजधानी गोदावरी बनाउने निर्णय उपयुक्तः नेता भट्ट

सुदूरपश्चिमको राजधानी गोदावरी बनाउने निर्णय उपयुक्तः नेता भट्ट

कैलाली : पूर्वमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् ।

मंगलबार आफ्नै निवासमा दशैं तिहारको अवसरमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टले तेघरी राजधानीको लागि सुदूरपश्चिम प्रदेशको मिड पोइन्ट रहेको बताउनुभयाे ।


उहाँले धनगढीलाई ब्यबसायिक केन्द्र , अत्तरियालाई प्रशासन केन्द्र र दिपायललाई शैक्षिक सांस्कृतिक केन्द्र बनाउन गुरुयोजना बनाउनु पर्ने भन्दै राजधानीका लागि सिफारिस गरिएको ठाउँका कु-काठहरु मात्रै रहेका कारण राजधानीका विषयमा टिकाटिप्पणी नगर्न आग्रह गरेका छन ।

‘मिडियामा जसरी जंगल मासेर राजधानी बनाइँदैछ भन्ने कुरो आयो त्यो सरासर गलत भएकाे बताउनुभयाे ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।