होचापुड्का मात्र बस्ने अनौठो गाउँ

होचापुड्का मात्र बस्ने अनौठो गाउँ

चीनको सिचुआन प्रान्तस्थित एउटा सानो गाउँ दुनियाँकै अद्वितीय गाउँ हो ।

याङ्सी नामक उक्त गाउँलाई होचा पुड्काहरुको गाउँ भनिन्छ । किनकि उक्त गाउँमा लगभग आधाजसो होचा पुड्काहरुको मात्र बसोबास छ ।

पहाड र धानखेतहरुले घेरिएको यस गाउँमा बस्ने ४० प्रतिशत मानिस होचा पुड्का छन् । गाउँमा रहेको होचापुड्का मानिसको अधिकतम उचाई ३ फिट १० इन्च र न्यूनतम उचाई २ फिट १ इन्च रहेको छ ।


गाउँका मानिस किन सबै होचा पुड्का भए भन्ने विषयले वैज्ञानिकहरुलाई पनि अचम्ममा पारेको छ ।

सन् १९९७ मा भएको एक अनुसन्धानका क्रममा गाउँमा भएको माटोमा पारोको मात्रा उच्च पाइएको र पुड्कोपनाको कारक तत्वपनि त्यसैलाई मानिएको थियो । तर यसको थप पुष्टि हुन सकेको छैन ।

यो गाउँ १९५१ मा मात्र पत्ता लागेको हो । गाउँमा जन्मिने बच्चाहरुमा पुड्कोपनाको दर निकै उच्च रहने गरेको छ ।

गाउँमा कूल ८० जना मानिस रहेकोमा ३६ जना पुड्का रहेका छन् ।