"सरकारको निर्देशनअवेज्ञा गर्ने विद्यालयलाई कारवाही गर" : अनेरास्ववियू

"सरकारको निर्देशनअवेज्ञा गर्ने विद्यालयलाई कारवाही गर" : अनेरास्ववियू

धनगढी ।  नेपाल सरकारले दिएको निर्देशनलाई नमानेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कैलालीले त्यस्ता बिद्यालय लाई कारवाहीको माग गरेको छ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड– १९ बाट सर्तक रहन सरकारले गरेको निर्णय पालना नगरेको भन्दै आइतबार एक विज्ञप्ति निकाल्दै अनेरास्ववियूले धनगढीमा रहेका केही निजी तथा संस्थागत विद्यालयलाई कारवाहीको माग गरको हो। 

विज्ञप्तीमा विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड र नेपाल सरकारले जारी गरेको निर्देशन लत्याउँदै आम विद्यार्थीको स्वास्थ्यलाई नै ठूलो जोखिममा पारेर गरिएका यसखालका गैरजिम्मेवारपूर्ण हर्कतप्रति  घोर निन्दा र आपत्ति प्रकट गरिएको छ ।

साथै अनेरास्ववियूले गैरजिम्मेवार गतिविधि गर्ने सबै विद्यालयलाई तत्काल कारवाही गर्न नियमकारी निकायहरुसंग जाडदार माग गरेको छ ।  अनेरास्ववियू कैलालीका संयोजक कुमार बडैला र सहसंयोजक समीर जोशीद्वारा संयुक्तरुपमा विज्ञप्तिमा हस्ताक्षर गरिएको छ ।